सिरी ‘ए’ : युभेन्टसको कठिन जित

इटालियन सिरी ‘ए’ अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्टसले घरेलु टोली टोरिनोमाथि १-० को कठिन जित हात पारेको छ ।

खेलको ८६औँ मिनेटमा म्यानुएल लोकाटेलीले गरेको एकमात्र गोल युभेन्सलाई ३ अंक दिलाउन पर्याप्त बन्यो ।

जितसँगै युभेन्टस ७ खेलबाट ११ अंक जोड्दै आठौँ स्थानमा रहँदा समान खेलबाट ८ अंकका साथ टोरिनो १०औँ स्थानमा छ । 

लिग अन्तर्गत शनिबार नै भएका अन्य खेलमा इन्टर मिलानले सासौउलोमाथि २-१, स्पोर्टिभा सालेर्निटनाले जिनोआमाथि १-० जित हात पार्दा काग्लियरीले भेनेजियासँग १-१ को बराबरी खेले ।  


 





  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार ८:४०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया