प्रिमियर लिग : लिभरपुललाई म्यानचेस्टर सिटीको चुनौती

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार दुई ठूला क्लब लिभरपुल र म्यानचेस्टर सिटी आमने–सामने हुँदै छन् । खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा नेपाली समय अनुसार सवा ९ बजे सुरु हुनेछ ।
 
लिभरपुर घरेलु मैदानको फाइदा उठाउँदै सिटीलाई हराएर लिगको शीर्ष स्थानमा उक्लिने सोचमा छ । सिटीलाई पनि घरेलु टोलीलाई स्तब्ध पार्दै शीर्ष स्थानमा पुग्ने अवसर छ । 

लिभरपुल ६ खेलमा १४ अंक जोड्दै दोस्रो स्थानमा रहँदा समान खेलबाट १३ अंकका साथ सिटी छैटौँ स्थानमा छ । शीर्ष स्थानको चेल्सीले ७ खेलबाट १६ अंक जोडेको छ ।
 
युवा खेलाडीले भरिएका दुवै टोलीबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ । पछिल्ला पाँच खेललाई हेर्ने हो भने सिटी बलियो देखिन्छ । उसले ३ जित हात र १ बराबरीको नतिजा निकाल्दा मात्र १ खेल गुमाएको छ ।  

सिटी आज पनि यो लयलाई कायम गर्न चहान्छ तर घरेलु टोली विरुद्ध जित निकाल्न भने त्यती सहज हुनेछैन । लिभरपुल पनि इतिहास भुलाउन चाहन्छ, तर पछिल्लो समय लयमा देखिएको सिटीविरुद्ध त्यो सहज भने छैन । 

लिगअन्तर्गत आइतबार नै हुने अन्य खेलमा क्रिस्टल प्यालेसले घरेलु मैदानमा लेस्टर सिटीको सामना गर्दा टोटेनहमले एस्टन भिल्लाको अतिथ्यता गर्नेछ ।

वेस्टहाम युनाइटेडले ब्रेन्टफार्डलाई स्वागत गर्नेछ । तीनै खेल नेपाली समय अनुसार साँझ पौने सात बजे हुनेछन् ।  
 





  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार १८:१५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया