नेप्से परिसूचक आइतबार पनि ओरालो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार पनि ओरालो लागेको छ । साताको पहिलो दिन नै बजार ५५ दशमलव ९३ अंकले ओरालो लाग्दा नेप्से परिसूचक २६ सयको विन्दुबाट ओरालो लागेर २५ सय ७७ को विन्दुमा आइपुगेको छ । 

दैनिक ५ अर्ब बढीको कारोबार हुने बजारमा आज अर्थात् साताको पहिलो दिन नै कारोबार रकम भने ४ अर्ब ११ करोड ३८ लाख रुपैयाँ पुगेको नेप्सेले जानकारी दिएको छ । आज बजारमा कुल २ सय ३२ कम्पनीका ९ लाख ४ हजार कित्ता सेयर किनबेच भएका छन् ।

नेप्सेका अनुसार आज निर्जीवन बिमा समूहको परिसूचक १ सय ८ अंकले ओरालो लाग्दा जीवन बिमा समूहको परिसूचक भने २ सय ७२ अंकले ओरालो लागेको छ । 

बजारमा सबैभन्दा धेरै प्रभुत्व भएको बैंकिङ समूहको परिसूचक आइतबार २९ अंकले घट्दा विकास बैंक समूहको परिसूचक १ सय ३, पर्यटन तथा होटल समूहको परिसूचक १ सय २ र जलविद्युत् समूहको परिसूचक १ सय ११ अंकले ओरालो लागेका हुन् । 

बजारमा कारोबार भएका कुल कम्पनीमध्ये ७३ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ११ कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको हो ।





  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार १८:२४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया