यती एयरलाइन्सको दसैँ-तिहारमा स्कुटरदेखि हिरासम्मका उपहार

यती एयरलाइन्सले दसैँ, तिहार र छठपर्वलाई लक्षित गरेर हवाई यात्रुहरूका लागि स्कुटरदेखि हिरासम्मका उपहार सार्वजनिक गरेको छ । 

एयरलाइन्सले २३ औँ वर्षगाँठ मनाइरहँदा दसैँ, तिहार अभियानअन्तर्गत उपहार सार्वजनिक गरेको हो । 

उक्त अभियानमा प्रथम विजेतालाई यमाहाको फसिनो १२५ एफ आई स्कुटर, दोस्रो विजेता एक जोडीका लागि दुबई आवतजावत गर्नेलाई हवाई टिकट र तेस्रो हुनेलाई हिराको टप प्रदान गरिने कम्पनीले जनाएको छ । 

सो योजना असोज २१ देखि कात्तिक २४ सम्म लागू हुने जनाइको छ । सो अवधिको कुपनलाई संकलन गरी गोलाप्रथा मार्फत प्रथम, द्वितीय र तृतीय विजेता छुट्याइने र यसको जानकारी आफ्ना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरीने कम्पनीले जनाएको छ ।

प्रथम पुरस्कारको प्रायोजन यमाहको आधिकारिक बिक्रेता एम ए डब्लु, दोस्रो पुरस्कार सस्तो टिकट अनलाइन ट्राभल एजेन्सी र तेस्रो पुरस्कार श्री बालाजी डाइमण्ड प्रालिले प्रायोजन गरेको छ । 

चाडपर्वमा यती एअरलाइन्समार्फत् यात्रा गर्ने यात्रुलाई लक्षित गरेर कम्पनीले सो योजना सञ्चालन गर्न लागिएको प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । 



उक्त अफरमा सहभागी हुनका लागि यती एयरलाइन्सका यात्रुले विमानस्थलमै चेक ईन गर्दा बोर्डिङ पाससँगै प्रदान गर्ने ‘लक्की ड्र’ कुपन भरेर ड्रप बक्समा खसाल्नु पर्नेछ ।

एकतर्फी यात्रा गर्दा एक वटा मात्र कुपन पाइने छ  । यस अवधिका लागि एकैपटक दुईतर्फी टिकट काटेर यात्रा गर्दा एकतर्फी मै २ वटा कुपन पाइने योजना सार्वजनिक गरिएको छ ।



अर्थात् दुइतर्फी यात्रा गर्दा एकजनाले ४ वटा लक्की ड्र कुपन पाउने छन् । हाल यतीले ५ वटा एटिआर–७२ विमानमार्फत विभिन्न ८ वटा गन्तव्यमा उडान भर्दै आएको छ । 

  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार १६:४४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया