कांग्रेस महाधिनेशन : दोलखामा दोस्रो चरणमा एक हजार ३७३ मत खस्यो

नेपाली कांग्रेस दोलखाको सभापति पदका लागि भएको दोस्रो चरणको मतदानमा एक हजार ३७३ मत खसेको छ ।
 
दोस्रो चरणको प्रतिस्पर्धामा बर्मा लामा र ताराकुमार खड्का रहेका छन् । युवानेता लालकुमार मोक्तानले केहीबेरपछि मत गणना सुरु हुने जानकारी दिए । 

यसअघि पहिलो चरणमा बर्माले ६६८ मत, खड्काले ३९७ मत, रूद्र खड्काले ३५८ र केशव चौलागाईंले ९५ मत प्राप्त गरेका थिए । 

५१ प्रतिशत मत कुनै उम्मेदवारले प्राप्त नगरेपछि बढी मत ल्याउने दुई उम्मेदवारबीच प्रतिस्पर्धा भएको हो । 

बर्मालाई दोस्रो चरणको निर्वाचनमा चौलागाईंले समर्थन गरेका छन् ।





  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार १८:२६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया