स्वदेशीसँगै विदेशीको रोजाइमा ‘माइक्स् ब्रेकफास्ट’

काठमाडौं उपत्यकामा कयौं होटल तथा रेष्टुरेन्टहरू छन् । हरेक रेष्टुरेन्ट तथा कफी सपको आ-आफ्नै विशेषता र प्रकृति छन् । रेष्टुरेन्टको विशेषता र मेन्युअनुसार ग्राहक पनि विभाजित हुन्छन् ।

कतिपय ग्राहक एउटै रेष्टुरेन्टको खानाप्रति मोहित हुन्छन् र नियमित ग्राहकसमेत हुन्छन् । यसको एउटै कारण हो– रेष्टुरेन्टको वातावरण, कफी सपको सजावट, ग्रिनरी र ग्राहकप्रति गरिने नम्र व्यवहार ।  

यस्तै, विशेषता र लामो समयदेखि ग्राहकमा लोकप्रिय रेष्टुरेन्ट हो ‘माइक्स् ब्रेकफास्ट’। यो रेष्टुरेन्ट ३४ वर्षदेखि यो रेष्टुरेन्ट राजधानीको मुख्य केन्द्रविन्दु लैनचौरमा सञ्चालित छ । विजनेशम्यान, प्लानर, एनजिओ तथा आइएनजिओका प्रतिनिधिको रोजाइमा पर्छ- ‘माइक्स ब्रेकफास्ट एण्ड बार’ । 

माइक्सका सञ्चालक कल्पना क्षेत्री यो रेष्टुरेन्टको छुट्टै इतिहास रहेको बताउँछिन् । यही इतिहासकै कारण माइक्स् सदैव लोकप्रिय हुन सफल भएको उनको दाबी छ ।

‘अमेरिकन नागरिकको नाम हो, ‘माइक्स’ । उनले काठमाडौंमा सानो किचनबाट अमेरिकन खानाको सुरु गरेका थिए । अहिले विदेशीहरूका लागि यो रेष्टुरेन्ट प्रसिद्ध छ,’ सञ्चालक क्षेत्रीले भनिन्, ‘एउटा सानो किचनबाट सुरु गरिएको रेष्टुरेन्ट यस्तो अवस्थामा आउँला भनेर सोचकै थिएन । यो सफलताले थप हाम्रो टिमलाई थप ऊर्जा मिलेको छ ।’



अमेरिकन नागरिक माइक्स् भने बितिसकेको उनको भनाई छ । माइक्सको सम्झनामा सो रेष्टुरेन्टले विभिन्न कार्यक्रमसमेत आयोजना गर्दै आएको छ । लैनचौर तथा लाजिम्पाट क्षेत्रमा ठूला होटलदेखि तारे होटलहरू रहेका छन् ।

यद्यपि माइक्सको लोकप्रियतामा कुनै कमी नआएको कल्पनाको दाबी छ । यहाँको ब्रेकफास्ट, लन्च डिनर र बार मेन्युको विशेषताकै कारण पनि ग्राहकमाझ लोकप्रिय रहेको उनको भनाइ छ । 



विशेषगरी विजनेश म्यानहरूले यो ठाउँलाई रोज्ने गरेका छन् । ओपन स्पेश तथा पार्किङको सुविधा भएका कारणले पनि धेरै जसो पारिवारिक जमघट, पार्टीका लागि समेत उपयुक्त स्थान हो । 

माइक्स् रेष्टुरेन्ट विजनेश म्यानहरूका लागि ‘विजनेस प्लान’ गर्ने अर्को उपयुक्त प्लेटफर्म बनेको व्यवस्थापन पक्षले जनाएको छ । यहाँ ग्राहकको इच्छाअनुसार खानाको मेन्यु पाइन्छ । जहाँ स्वदेशीदेखि इटालिएन, चाइनिज, इन्डियन खानाको स्वादसमेत लिन सकिने कल्पना बताउँछिन् ।

यहाँको अर्को विशेषता ‘माई स्पेशल ब्रेकफास्ट’ हो । अन्य रेष्टुरेन्टमा पाइने ब्रेक फास्टभन्दा फरक र हेभी हुने भएका कारण धेरैले स्पेशल ब्रेक​फास्ट रोज्ने गरेको कल्पनाले बताइन् । 

कल्पना लामो समय अमेरिकामा बसिन् । अमेरिकाको बसाइपछि नेपाल फर्किएकी कल्पनाले सामाजिक अभियानसँगै उद्यम क्षेत्रमा केही गर्ने योजना बनाएकी थिइन् । यही योजनाकै लयमा उनको हर कदम चलिरहेको छ । 

उनी सामाजिक सेवासँगै माइक्स ब्रेकफास्टको सफलताले निकै खुसी छन् । रेष्टुरेन्टमा ग्राहकको रुचि अनुसारको परिकार व्यवस्थापन गरेर उनीहरूलाई खुसी बनाउनु अर्को ऊर्जा भएको बताउँछिन् ।  

धेरै जसो विदेशीहरू माइक्सको विषयमा लेखिएको पुस्तक अध्ययन गरेर उक्त रेष्टुरेन्ट पुग्ने गरेका छन् । यति प्रसिद्ध रेष्टुरेन्टको मालिक हुन पाएकोमा कल्पना निकै उत्साहित देखिन्छन् । 

करिब चार करोड लगानी भएको उक्त रेष्टुरेन्टमा ३० जनाले रोजगारी पाएका छन् । ‘इजि वे’ का कारणले पनि पर्यटन व्यवसायीको रोजाइमा समेत माइक्स् पर्ने गरेको गरेको छ । विभिन्न मुलुकका राजदूतदेखि विदेशी पर्यटकका लागि माइक्स् प्रसिद्ध रहेका अर्का सञ्चालक बन्द्रीराज तिमल्सिनाले जानकारी दिए । 

उनकाअनुसार माइक्समा अर्गानिक कफी पिउँदै विभिन्न याेजना बनाउन सकिने वातावरण छ । सफा वातावरण हुनुका साथै ग्रीनरीले धेरैको योजनालाई माइक्सको स्वस्थ खाना र कफीले प्रफुलित गराउने तिमल्सिनाको भनाइ छ । यहाँ १५० जनाभन्दा धेरैको सहभागितामा सेमिनार गोष्ठी गर्नसमेत मिल्ने ठाउँ छ ।   

  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार १२:१३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया