भागबन्डा नसच्याए सरकारमा नजाने एकीकृत समाजवादको चेतावनी
उपसभामुख पदका लागि बार्गेनिङ

नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो भागमा मन्त्रालय थोरै भएको भन्दै भागबन्डा सच्याउन माग गरेको छ । सो पार्टीले मन्त्रालयको संख्यामा चित्त नबुझेसम्म सरकारमा नजाने चेतावनी दिएको छ।

बुधबार बिहानको सहमतिअनुसार नेपाली कांग्रेसले प्रधानमन्त्री सहित ८, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय पाउने तय भएको थियो। 

सोहीअनुसार कांग्रेस र माओवादीले मन्त्री बन्नेको नाम टुंगो लगाइसके पनि एकीकृत समाजवादीले भागबन्डाबारे फेरि छलफलको माग राखेको छ ।  

एकीकृत समाजवादीको यो मागसँगै घटस्थापनाको दिन मन्त्रिपरिषदले पूर्णता नपाउने सम्भावना देखिएको छ । 

एकीकृत समाजवादीले मन्त्रालय भागबन्डामा देखाएको असन्तुष्टिलाई राजनीतिक वृत्तमा ‘बार्गेनिङ’को रुपमा लिइएको छ । मन्त्री कम पाएको बहानामा सो पार्टीले प्रतिनिधिसभामा रिक्त उपसभामुख पदका लागि बार्गेनिङ गरेको आकलन गर्न सकिन्छ ।





  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार २१:४६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया