पोर्चुगलको जितमा रोनाल्डोको ह्याट्रिक

विश्वकपको युरोपेली छनोटमा पोर्चुगलले शानदार जित हात पारेको छ । गएराति भएको समूह एको खेलमा पोर्चुगलले क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतले लक्जमबर्गलाई ५–० ले हराएको हो । 

पोर्चुगलका लागि थप गोल ब्रुनो फर्नान्डेस र अल्भेस पाल्हिन्हा गोन्काल्भेसले गरे । खेलको आठौं मिनेटमा पेनाल्टीमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए । १३ मिनेटमा दोस्रो पेनाल्टीमा गोल गरेका उनले ८७ औं मिनेटमा ह्याट्रिक पूरा गरे । योसँगै उनको अन्तर्राष्ट्रिय गोलसंख्या ११५ पुगेको छ । 

पोर्चुगलका लागि १७ औं मिनेटमा ब्रुनो फर्नान्डेस र ६९ औं मिनेटमा अल्भेस पाल्हिन्हा गोन्काल्भेसले गोल गरेपछि पोर्चुगलले शानदार जित हात पारेको हो ।

गएराति नै भएको अर्को खेलमा सर्बियाले अजरबैजानलाई ३–१ ले हराएको छ । सर्बिया १७ अंकसहित समूहको शीर्ष स्थानमा रहँदा एक खेल कम खेलेको पोर्चुगल १६ अंकसहित दोस्रो स्थानमा छ ।

पोर्चुगलले अब रिपब्लिक अफ आयरल्याण्ड र सर्बियासँग खेल्न बाँकी छ। 

गएराति नै भएका अन्य खेलमा इंग्ल्याण्ड र हंगेरी तथा युक्रेन र बोस्निया हर्जगोबिनाले १–१ गोलको बराबरी खेलेका छन् ।



अन्य खेलमा पोल्याण्डले अल्बानियालाई १–०, इजरायलले माल्डोभालाई २–१, स्कट्ल्याण्डले फारोइ आइल्याण्ड र डेनमार्कले अस्ट्रियालाई समान १–० हराएका छन् । 

यसैगरी स्वीट्जरल्याण्डले लिथुवानियालाई ४–०, बुल्गेरियाले उत्तरी आयरल्याण्डलाई २–१, स्वीडेनले ग्रीसलाई २–०, जर्जियाले कोसोभोलाई २–१ तथा फिनल्याण्डले काजखस्तानलाई २–० ले पराजित गरेका छन् ।
 



  • प्रकाशित मिति : असोज २७, २०७८ बुधबार ६:५२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया