विश्वकप छनोटमा अर्जेन्टिना र बोलिभिया विजयी

विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना र बोलिभिया विजयी भएका छन् । 

आज बिहान भएको खेलमा अर्जेन्टिनाले पेरुलाई १–० ले हराएको हो । अर्जेन्टिनाको जितमा खेलको ४३ औं मिनेटमा लउटारो मार्टिनेजले गरेको गोल नै निर्णायक बन्यो । 
यो जितसँगै अर्जेन्टिनाले ११ खेलमा २५ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ। पेरु भने ११ अंकसहित नवौं स्थानमा छ ।

आज बिहान नै भएको अर्को खेलमा बोलिभियाले पाराग्वेलाई ४–० ले हराएको छ भने कोलम्बिया र इक्वेडरले गोलरहित बराबरी खेलेका छन् । 
 





  • प्रकाशित मिति : असोज २९, २०७८ शुक्रबार ७:४६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया