प्रदेश १ : सुटुक्क विश्वासको मत लिने प्रस्ताव दर्ता

प्रदेश १ का मुख्यमन्त्री भिम आचार्यले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा सुटुक्क दर्ता गराएका छन् । 

कात्तिक ५ गते सम्मलाई अधिबेसन स्थगित भएपछि असोज २५ गते सुटुक्क विश्वासको मत लिने प्रस्ताव दर्ता गराएका हुन् । 

उनले प्रमुख स्वकीय अनिल राज धामी र स्वकीय लोकेश निरौला मार्फत प्रस्ताव दर्ता गराएका हुन् । 

प्रमुख प्रतिपक्षी र विपक्षीहरुले विश्वासको मत नलिएर सत्ता लम्ब्याउन खोजेको भन्दै कडा विरोध गरिरहेका बेला आचार्यले आफू संविधान र नियमावली भन्दा माथि नरहेको भन्दै समयमै प्रस्ताव दर्ता गरेको बताए । 

उनले भने हामीले समयमै प्रस्ताव दर्ता गरेका छौ । मतदानको कुरा संसदको विजनेस हो । 

प्रदेश १ को अधिबेसन असोज २४ गते सुचना टाँस गरेर कात्तिक​ ५ गतेसम्मका लागि स्थगित भएको थियो । 





  • प्रकाशित मिति : असोज ३१, २०७८ आइतबार १५:७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया