कर्णालीमा बाढीमा परी ७ जनाको मृत्यु, एक जना वेपत्ता

कर्णाली प्रदेशमा बाढी पहिरोका कारणले ७ जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । बाढी पहिरोका कारणले करोडौंको धनमाल नष्ट  भएको छ । 

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार बाढी पहिरोका कारणले हुम्लामा ६ जना कालिकोटमा एक जनाको मृत्यु भएको छ । 

हुम्ला खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँ ७० वर्षीय धनबिरे शाहीको घरभन्दा  माथि बाट पहिरो आई घर पुरिँदा घरभित्र रहेका ५५ वर्षिया कलबहादुर शाही (ज्वाईं), उनकी श्रीमती ४० वर्षीया आशा शाही, छोरा १३ वर्षीया अलिन्द शाही, ५ वर्षीया छोरा हुमेस शाही र ३ वर्षीया छोरा जसबहादुर शाहीको मृत्यु भएको हो । 

त्यस्तै, कालिकोटको महावै गाउँपालिका–७ राम्नी बस्ने विष्णुलाल अधिकारीको घर अविरल बर्षका कारण माथिबाट पहिरो आई घर भत्किँदा उनको १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको छ । ११ वर्षीया यूनिषा अधिकारीको दाईने खुट्टा चोट लागेको छ । 

जुम्ला हिमा गाउँपालिका–६ बागबजार बस्ने बर्ष ३३ वर्षीया रन्ना शाही हिमा नदीले बगाई ल्याएको दाउरा निकाल्न जाने क्रममा नदीमा वेपत्ता भएको र उनको खोजी कार्य जारी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

कालिकोट रास्कोट नगरपालिका–८ पलातिवाडा बस्ने वर्ष ६३ को नन्दु न्यौपाने र उनको १३ वर्षीया बाँचु न्यौपाने गोठबाट घरतर्फ फर्कने क्रममा घर नजिकै पहिरोमा परी घाइते भएका छन् । न्यौपानेको दुबै खुट्टामा चोट र बाँचुको दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । 



बर्षाको कारण १३८ चौपायाको मुत्यु 

कालिकोट तिलागुपा नगरपालिका–९ तिला नदीको किनार लुब्रे भन्ने स्थानमा भेडी गोठमा रहेका ९ घर परिवारको १३० वटा भेडा बाख्रा तिला कर्णाली नदीले बगाएको छ ।



त्यस्तै, कालिकोट पचाल झरना गाउँपालिका–४ जारकोट बस्ने बिर्ख सिजुवालको गाई गोठ कल्ली खोलाबाट आएको बाढीले बगाउँदा ४ वटा गाई र ३ वटा बाच्छा बगाएको प्रहरीले जनाएको छ । 

मुगु खत्याड गाउँपालिका–४ पैखु बस्ने लालसिंह थापाको बाख्राको खोर अविरल वर्षाको कारण माथिबाट पहिरो आई पुरिँदा ५ वटा बाख्रा पुरिएका छन् ।

  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार १५:३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया