विचार र संगठनको डोमिनेसन हुने भएकाले प्रचण्डसँग एकता गरेको थिएँः ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले यसअघि नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण आफूले गरेको कारणको विषयमा बोलेका छन् ।

उनले त्यति बेला आफ्नो विचार र संगठनको डोमिनेसन हुने भएकाले प्रचण्डसँग एकता भएको आफूले बताएका छन् । ‘त्यति बेला सबैभन्दा धेरै कुरामा पनि प्रचण्डले ४० प्रतिशतमा मानिसकेका थिए,’ ओलीले भने, ‘त्यसैले हाम्रो विचार र संगठन डोमिनेसन हुने भएकाले प्रचण्डसँग एकता गरेको हुँ ।’

ओलीले अब आफूहरुले कुनै कम्युनिस्ट पार्टीसँग एकता नगर्ने पनि बताएका छन् ।

‘अब कुनै कम्युनिस्ट पार्टी नै छैनन्,’ ओलीले भने । 

त्यति बेला आफ्नो सरकारलाई समेत कुनै सहयोग नगरेको भन्दै प्रचण्ड अहिले थप समस्यामा परेको पनि ओलीले बताएका छन् ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार १५:१७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया