अष्ट्रेलियाका पूर्वक्रिकेटर माइकल गिरफ्तार

अष्ट्रेलियाका पूर्वक्रिकेटर माइकल स्लेटर घरेलू हिंसाको आरोपमा गिरफ्तार भएका छन् । उनलाई अष्ट्रेलियाको प्रहरीले गिरफ्तार गरेको हो ।

स्थानीय मिडियाको रिपोर्टअनुसार स्टेलर बुधबार उनको निवास सिड्नीमा नै थिए । त्यहाँबाट नै प्रहरीले उनलाई गिरफ्तार गरेको हो ।

अष्ट्रेलियाको प्रहरीले घरेलू हिंसाको आरोपमा उनलाई पक्राउ गरेको पुष्टि गरेको छ । र, यो घटना गत साताको भएको बताइएको छ । 
 

स्लेटर १९९३ देखि २००१ सम्म अष्ट्रेलियाली टिमबाट क्रिकेट खेल्थे । उनले यो समयमा ७४ टेस्ट म्याच खेलेका थिए । ५१ वर्षका स्लेटर क्रिकेट खेल्न छाडेपछि कमेन्ट्रीमा पछिल्लो समय निकै जमेका छन् ।

उनले वा उनको परिवारले यस विषयमा अहिलेसम्म केही बताएको छैन ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार २०:२६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया