शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकको जिम्मेवारी पौडेललाई

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकको जिम्मेवारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव चूडामणि पौडेललाई दिइएको छ ।

शिक्षामन्त्री देवेन्द्र पौडेलले बुधबार मन्त्रिस्तरीय निर्णयबाट महानिर्देशकमा पौडेललाई नियुक्त गरेका हुन् । सो केन्द्रलाई विगतमा शिक्षा विभागका नामले चिन्ने गरिन्थ्यो । 

यसअघि केन्द्रमा वैकुण्ठ अर्याल  महानिर्देशक थिए । उनी गण्डकी प्रदेशमा सरुवा भएपछि सो पद रिक्त थियो ।

सो केनद्रले विद्यालय शिक्षा तथा अनौपचारिक शिक्षाका संघीयस्तरका कार्यक्रमको कार्यान्वयन गर्ने गर्छ । 





  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार २०:५५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया