एमालेको १०औँ महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने

नेकपा एमालेको १०औँ महाधिवेशन चितवनमा हुने भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बिहीबार बसेको पार्टी स्थायी कमिटी बैठकले यही मंसिर १० देखि १२ गतेसम्म पार्टीको महाधिवेशन चितवनमा गर्ने औपचारिक निर्णय गरेको हो । 

यसअघि विधान महाधिवेशनको समापनको क्रममा अध्यक्ष ओलीले पार्टीको १०औँ महाधिवेशन बुटवलमा गर्ने घोषणा गरेका थिए । तर, आजको बैठकले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । 

बैठकले पार्टी स्थायी कमिटीका सदस्य रामबहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन कमिटी समेत गठन गरेको छ । महाधिवेशन मूल व्यवस्थापन कमिटीमा नेताहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, काशिनाथ अधिकारी, डा. राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावलसहित ७ वटै प्रदेशबाट १–१ जना प्रतिनिधि र सम्पर्क समन्वय कमिटीबाट समेत १ जना प्रतिनिधि रहने प्रवक्ता ज्ञवालीले बताए । 

बैठकले पार्टीको हालै सम्पन्न विधान महाधिवेशन भव्यताका साथ सम्पन्न भएको निष्कर्ष निकाल्दै सहयोग गर्ने सबैप्रति धन्यवादसमेत दिएको छ । 
 





  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार १९:५४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया