दुबई पुग्यो राज र वर्षाको जोडी

गत वर्ष अभिनेत्री वर्षा शिवाकोटीको केही वर्ष अगिदेखिकाे प्रेम टुंगियाे । उनीसँग छुटेपछि उनका पूर्वप्रेमीले इन्स्टामार्फत लामो गुनासो पोखे । गुनासाे बारेमा वर्षा मौन रहिन् । त्यसको केही सयपछि वर्षा र अभिनेता राज कटवालको प्रेम सम्बन्ध चर्चामा आयो ।

 यो जोडीले प्रेम जीवनको सुरुवातमै खुलेर होली पर्व मनायो । तर, आफूहरू साथी मात्रै रहेको बताउँदै आए । त्यसयता वर्षा र राजको जोडी विभिन्न ठाउँमा देखिन्छ । उनीहरूले अझै पनि आफूहरू प्रेममा रहेको स्वीकार भने गर्न सकेका छैनन् ।

कलाकारले आयोजन गरेका विभिन्न पार्टीमा सँगै पुग्ने राज र वर्षा यतिबेला दुबई पुगेका छन् । राज र वर्षाले छुट्टाछुट्टै फोटो हालेर आफूहरू दुबईमा रहेको जानकारी गराएका हुन् । तर, उनीहरूले यसपटक आफ्ना युगल तस्बिर भने सार्वजनिक गरेका छैनन् ।

त्यसो त राज र वर्षा सँगै घुम्न निस्किएको यो पहिलो पटक भने होइन । उनीहरू बेलाबेला देशकै विभिन्न ठाउँमा घुम्न निस्कने गरेका छन् । केही समयअघि पनि यो जोडी सौराहा पुगेको थियो । राज र वर्षाले केही म्युजिक भिडियो र चलचित्रमासमेत सँगै काम गरिसकेका छन् ।

 वर्षा यसअघि अमेरिकामा बस्दै आएका सविनजंग थापाको प्रेममा थिइन् । उनी सविनलाई भेट्न अमेरिका गइरहन्थिन् । तर, उनको यो प्रेम विवाहमा परिणत हुन सकेन । सविनसँग टुटेपछि वर्षा राजसँग नजिक छिन् ।
 





  • प्रकाशित मिति : कात्तिक ५, २०७८ शुक्रबार १२:३६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया