सिन्धुपाल्चोक पुगेर माधवकुमार नेपालले भने– १० बुँदे भन्नेहरुको एमालेमा हरिबिजोग छ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे भनेर एमालेमा नै रहने नेताहरुको अहिले हरिबिजोग भएको बताएका छन् । सिन्धुपाल्चोकमा पार्टीले आयोजना गरेको कार्यक्रममा पुगेका नेपालले अब एमालेमा रहेकाहरुलाई १० बुँदेको ट्याउँट्याउँ गरे भने एमाले अध्यक्ष केपी शर्मा ओलीले हेप्न थालेको समेत टिप्पणी गरेका छन् ।

‘अब १० बुँदे भन्ने साथीको कस्तो हरिबिजोग भएको छ,’ उनले भनेका छन्, ‘एमालेमा कुनै मर्यादा छैन, छैन कुनै सम्मान ।’

बुधबार काठमाडौंमा आयोजित बागमती प्रदेश महाधिवेशन आयोजक कमिटीको प्रथम भेलामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० बुँदेको आवश्यकता अब नभएको बताएका थिए । 

उनले एमाले फुटाएर माधवकुमार नेपाल बाहिर नजालान् भन्ने उद्देश्यका साथ आफूले १० बुँदेलाई हुन्छ भनेको प्रतिक्रियासमेत दिएका थिए ।

उनको यस्तो अभिव्यक्ति आएपछि शुक्रबारको स्थायी कमिटी बैठकमा भीम रावलले फरक मत राखेका छन् ।





  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार १६:३७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया