प्रधानमन्त्री देउवा बाढी प्रभावित क्षेत्रको अवलोकनका प्रदेश–१ जाने

गत सात आएको बाढीपहिरोबाट भएको क्षतिको स्थलगत अनुगमनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ जाँदैछन्। 

प्रधानमन्त्री देउवा आज बाढी पहिरोबाट सबैभन्दा बढी प्रभावित भएका पाँचथर र इलामको निरीक्षणका जाने उनको सचिवालयले जनाएको छ । 

उनले इलाम र पाँचथरका प्रमुख जिल्ला अधिकारीबाट त्यहाँको अवस्थाका बारेमा जानकारी लिनेछन् । सो क्रममा उनी मोरङको विराटनगर र सुनसरीमा समेत एक/एक कार्यक्रममा सहभागी हुने जनाइएको छ। 

गत साताको बाढीपहिरोमा परी प्रदेश १ मा सबैभन्दा बढीले ज्यान गुमाएका थिए । त्यसमध्ये पाँचथरमा ३० जना र इलाममा १४ जनाकाे मृत्यु भएकाे थियो। 

प्रधानमन्त्री देउवासहित उनको टोलीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङलगायत पनि जानेछन्। 
 





  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार ७:५५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया