साताको पहिलो दिन सेयर बजारमा हरियाली

गत साता निरन्तर ओरालो लागेको सेयर बजारमा यो साताको पहिलो दिन हरियाली छाएको छ । कारोबार रकममा खासै सुधार नभए पनि आइतबार नेप्से परिसूचक साढे २७ अंकले वृद्धि बन्द भएको हो । 

आइतबार परिसूचक २५८४ अंकमा पुगेर बन्द भएको हो । आइतबार दिनभरीमा २२५ कम्पनीको २ अर्ब ७७ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

आइतबार व्यापारबाहेक सबै सूचकमा हरियाली छाउको छ । बढेको बजारमा बेष्ट फाइनान्स र रिडी हाइड्रोको सेयरमा सर्किट लागेको छ भने सबैभन्दा बढी कारोबार आइसीएफसी फाइनान्सको भएको छ ।  

उक्त कम्पनीले १५ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ । यसपछि एनआइसी एसिया बैंकको ९ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 





  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार १६:६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया