‘कबड्डी-४’ को छायांकनका लागि सौगात र दयाको टिम मुस्ताङमा

चलचित्र कबड्डी–४ को छायांकन सुरु भएको छ । यो चलचित्रको छायांकनका लागि चलचित्र युनिट मुस्ताङ पुगेको हो । दसैँ मानेर सुटिङमा निस्किएको फिलिम युनिट अहिले मुस्ताङको जोमसोममा छ । 

यो चलचित्र कबड्डीको सिरिज हो । कबड्डी–४ बाट यो सिरिजको अन्त्य गर्ने निर्माण टिमले बताउँदै आएको छ । कबड्डी यसअघिका सबै सिरिज औसत रूपमा सफल भएका चलचित्र हुन् । 

कबड्डीको अन्तिम शृंखलामा आएर अभिनेता सौगात मल्ल जोडिएका छन् । दोस्रो भागमा काम गरेका सौगात तेस्रो सिरिजमा आउट भएका थिए । 

सौगातसँगै चौथो सिरिजमा मिरुना मगर र भ्लगर गौमाया गुरुङ पनि थपिएका छन् । उनीहरूसँगै कलाकार दयाहाङ राई चलचित्रको शीर्ष भूमिकामा देखिने छन् ।

चलचित्रको पहिलो सिरिज झण्डै ६ वर्षअघि प्रदर्शन भएको थियो । चलचित्र रामबाबु गुरुङले निर्देशन गर्दै आएका छन् । 





  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार १८:४२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया