कोरोनाबाट रुसमा मात्रै २४ घन्टामा १ हजार बढीले ज्यान गुमाए

कोरोना भाइरसको संक्रमणका कारण रुसमा लगातार एक साताभन्दा लामो समयदेखि दैनिक १ हजार बढीको मृत्यु भइरहेको छ । 

पछिल्लो २४ घन्टामा मात्रै रुसमा १ हजार ६९ जनाले ज्यान गुमाएका छन् । यसअघि सोमबार १ हजार ७२ र आइतबार १ हजार ७५ जनाले ज्यान गुमाएका थिए । पछिल्ला दिनमा रुसमा सबैभन्दा बढी दैनिक मृत्युदर रहेको छ । 

रुसमा पछिल्लो २४ घन्टामा ३७ हजार ९३० जना संक्रमित थपिएका छन् भने २० हजार ६९० जना निको भएका छन् । 

हालसम्म रुसमा ८ करोड २९ लाख ९ हजार ५७३ जना संक्रमित भएका छन् भने २ लाख ३१ हजार ६६९ जनाको मृत्यु भइसकेको छ । 

पछिल्लो २४ घन्टामा विश्वमा ५ हजार १९९ जनाको मृत्यु भएको छ । अमेरिकामा ४७७, भारतमा ३५७, ब्राजिलमा २०२, टर्कीमा २३२, इरानमा १४०, युक्रेनमा ३३०, रोमानियामा २९९, बुल्गेरियामा २४३ जनाको मृत्यु भएको छ । 





  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार ८:३०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया