नेपाली मुक्केबाज सनिलले अन्तिम ३२ मा सर्बियन खेलाडीसँग प्रतिस्पर्धा गर्ने

साग स्वर्णधारी नेपाली मुक्केबाज सनिल शाही सर्बियाको बेलग्रेडमा सोमबारदेखि सुरु भएको २१औं आइवा पुरुष विश्व बक्सिङ च्याम्पियनसिप अन्तर्गत ६७ केजी तौल समूहको अन्तिम ३२ मा पुगेका छन् ।

सोमबारका लागि तय भएको खेलमा इराकका खेलाडी इसाम अल ओहिदी उपस्थित नभएपछि सनिल स्वतः विजेता घोषित भएका हुन् । 

सनिलले बिहीबार आयोजक सर्बियाका अब्बासोभ भाखिदसँग अन्तिम १६ प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । 

दुई वर्षअघि नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सनिलले ६० केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए ।

कात्तिक २० सम्म हुने प्रतियोगितामा सनिलसहित ४ नेपाली मुक्केबाजले भाग लिइरहेका छन् । भुपेन्द्र थापाले ६३.५ केजीमा, पुरन राईले ५७ केजीमा र रविन थापाले ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । 
 





  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १३:०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया