अष्टलक्ष्मीको भावुक सम्बोधन, भन्छिन्- बलिदान दिएको भए यहाँ हामी सँगै हुने थिएनौं

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश संसदमा भावुक सम्बोधन गरेकी छन् । 

मुख्यमन्त्री शाक्यले राजनीतिक जीवनकालको केही खण्डमा अत्यन्तै बढी दुःख गरेको र त्याग गरेको बताइन् ।

त्यही भएर राजनीतिक अवसरलाई आफ्नो सुविधाको लागि, पदको लागि र हैसियतको लागि परिवर्तन गर्न नहुनेमा जोड दिइन् । 

बलिदान दिने स्थिति पनि पटकपटक राजनीतिक जीवनकालमा आएको उनको भनाइ छ । 

उनले भनिन्, ‘हामीले त्यसबेला बलिदानमा चढेको भए के हुन्थ्यो ? त्यो भएको भए हामी यहाँ हुने नै थिएनौं सभामुख महोदय । त्यो बलिदानको घडीलाई चुनौती दिएर अगाडि बढेकोले यहाँ भेट भएको हा । अहिले पनि चिन्ता लागिरहन्छ । जुन लक्ष्यका साथ अगाडि बढ्यौं । के हामी साँच्चै त्यो लक्ष्य प्राप्त दिशामा अगाडि बढेका छौं ?’ 

वर्तमान राजनीतिक परिवर्तनलाई साह्रै महत्त्वपूर्ण ढंगले लिनुपर्नेमा उनको जोड छ । समृद्ध देश, सुशासनयुक्त नेपाल र न्यायपूर्ण नेपाल बनाउनेतर्फ सोचिनुपर्ने पनि बताइन् । त्यसबारे बागमती प्रदेश संसद्का दलहरूले सोच्न जरुरी रहेको पनि उल्लेख गरेकी छन् ।





  • प्रकाशित मिति : कात्तिक १०, २०७८ बुधबार १४:२३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया