थापागाउँ सर्दै मण्डला

अनामनगरस्थित मण्डला थिएटर त्यहाँबाट सर्ने भएको छ । १० वर्षका लागि जग्गा भाडामा लिएर नाटक मञ्चन गर्दै आएको मण्डला नाटकघर सर्न लागेको हो ।

तिहार लगत्तै औपचारिक रुपमा थापागाउँमा सर्न लागेको मण्डाला नाटकघर जग्गाधनीसँगको सम्झौता सकिएका कारण सर्न लागेको हो ।

थापागाउँमा अहिले मण्डला नाटकघरका लागि भौतिक संरचना तयार भैरहेको मण्डलाका संस्थापक सदस्य राजन खतिवडाले जानकारी दिए । थापाले भने, ‘दुईवटा हल छन् । ठाउँ फराकिलो छ । उता काम गर्न अझैं सहज होला भन्ने लागेको छ ।’

मण्डला नाटकघरले अनामनगरमा अन्तिम नाटक मञ्चन गरेको छ । मण्डला थिएटरले सञ्चालन गर्दै आएको मण्डला ड्रामा स्कुलका पहिलो शैक्षिक सत्रका विद्यार्थीले तयार पारेको नाटक ‘जिजीविषा’ मञ्चन गर्दै औपचारिक रुपमा मण्डला अनामनगरबाट थापागाउँ सर्ने भएको हो ।

कार्तिक ८ र ९ गते मञ्चन गरिएको ‘जिजीविषा’ सोमनाथ खनालले लेखेका हुन् । राजन खतिवडाले निर्देशन गरेको नाटकमा मण्डला ड्रामा स्कुलका पहिलो सत्रका सात प्रदेशका १६ विद्यार्थीले सहभागीता जनाएका थिए । 

आकाश नेपाली, आदित्य मिश्र, अनिल कर्मी, सुस्मिता पोख्रेल लगायतका कलाकारले अभिनय गरेको यो नाटक ‘जिजीविषा’ मा हिमालको फेदतिरको पोखरीमा पानी सुक्दै गएपछि समुद्रको खोजीमा निस्किएका त्यहाँका माछाको कथा देखाइएको छ ।





  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार १३:३०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया