कैलालीमा जिपले ठक्कर दिदा एक जनाको मृत्यु, २ जना घाईते

कैलालीमा जिपले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । 

मंगलबार लम्कीबाट टीकापुरतर्फ जाँदै गरेको बा १६ प ५३४९ नम्बरको जिपले जिल्लाको जानकी गाउँपालिका १० लम्की टीकापुर सडकखण्डमा विपरीत दिशाबाट आइरहेको साइकललाई ठक्कर दिदा साइकलमा सबार एक जनाको मृत्यु भएको हो भने २ जना घाईते भएका हुन् ।

मृत्यु हुनेमा जानकी गाउँपालिका–५ की ३० वर्षीया अनिता डगौरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

जिपको ठक्करवाट गम्भीर घाईते भएकी डगौराको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको हो । 

यस्तै घाईते हुनेहरुमा मृतक अनिताका श्रीमान ३५ वर्षीय जोगराम डगौरा र उनका डेढ वर्षीय नाती सुशान डगौरा रहेका छन् । उनीहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने जिप र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।





  • प्रकाशित मिति : कात्तिक १६, २०७८ मंगलबार ९:८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया