हिमाली जिल्लामा फैलँदै कालाजार

बाजुरा– जिल्लाको उत्तरपूर्वी क्षेत्रमा कालाजारका बिरामी भेटिएका छन् । उत्तरपूर्वी क्षेत्रका विभिन्न गाउँमा हालसम्ममा १० जनामा कालाजारको लक्षण देखापरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका ल्याब असिस्टेन्ट दन्त विकका अनुसार साउनयता जगन्नाथ गाउँपालिकामा गरिएको सर्वेक्षणमा १० जनामा कालाजारको संक्रमण देखापरेको छ । कालाजारको उपचार जिल्लामा सम्भव नभएकाले बिरामीलाई नेपालगञ्ज तथा धनगढी पठाउने गरिएको छ । 

पछिल्लो समय जिल्लामा मलेरियाका बिरामीको संख्यामा पनि वृद्धि भएको छ । हालसम्म प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा ६३ मलेरियाका बिरामीको उपचार भइसकेको निमित्त कार्यालय प्रमुख लोकेन्द्र न्यौपानेले जनाए । 

लामखट्टेको टोकाइबाट सर्ने मलेरिया, कालाजारजस्ता रोग पहिले तराईका जिल्लामा मात्र देखिन्थे । पछिल्लो समय जलवायु परिवर्तनसँगै यी रोग पहाड हुँदै हिमाली जिल्लासम्म फैलिन थालेका छन् ।





  • प्रकाशित मिति : कात्तिक २०, २०७५ मंगलबार १२:२०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया