‘बसाइँ’ उपन्यासका लेखक क्षेत्रीलाई भारतको पद्मश्री पुरस्कार

आख्यानकार लीलबहादुर क्षेत्रीलाई भारत सरकारले पद्मश्री पुरस्कार प्रदान गरेको छ । नेपाली साहित्यमा पुर्‍याएको योगदानका लागि त्यहाँको सरकारले क्षेत्रीलाई पद्मश्री पुरस्कारबाट सम्मान गरेको हो । 

भारतमा निकै महत्वपूर्ण मानिने यो पुरस्कार क्षेत्रीलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले प्रदान गरेका थिए ।

क्षेत्री चर्चित उपन्यास ‘बसाइँ’ का सर्जक हुन् । नेपालमा लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ पछि क्षेत्रीको ‘बसाइँ’ दोस्रो स्थानमा पर्छ । 

यस उपन्यासमा क्षेत्रीले साहुको ऋण तिर्न नसकेका ‘धने’ र ‘मैना’ ले थातथलो छाडेर बसाई सर्दाको कारुणिक कथा प्रस्तुत गरेका छन् ।

२०१४ सालमा लेखिएको यो उपन्यास आज पनि उत्तिकै जीवन्त मानिन्छ । 





  • प्रकाशित मिति : कात्तिक २३, २०७८ मंगलबार १३:५६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया