राजनीतिक समन्वय समिति राष्ट्रिय सभा चुनावसम्म मात्रै : प्रधानमन्त्री देउवा

कांग्रेसबाहेक सत्ता गठबन्धनमा आबद्ध दलहरुले आगामी निर्वाचनसम्म सहकार्य हुने दाबी गरिरहेका बेला प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने आगामी चुनावमा कसैसँग पनि गठबन्धन नगर्ने बताएका छन् ।

आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै सभापति देउवाले दलहरुबीच बनेको राजनीतिक समन्वय समिति राष्ट्रिय सभा चुनावसम्म मात्रै भएको बताए । 

आगामी चुनावमा गठबन्धन गर्नेबारे कसैसँग कुनै सहमति नभएको उनले बताए । उनले भनेका छन्, ‘कसैसँग पनि गठबन्धन हुन्न । एक्लै लड्ने हो । गठबन्धन गर्ने भनेर कसैसँग कुनै सहमति भएको छैन ।’

उनले गठबन्धन दलहरुबीच बनेको राजनीतिक समन्वय समिति राष्ट्रिय सभा चुनावसम्म मात्रै सक्रिय हुने बताए ।






  • प्रकाशित मिति : कात्तिक २८, २०७८ आइतबार २०:२५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया