महात्मा गान्धीको अहिंसाको मन्त्रलाई मजाक बनाएको विषयमा अहिले भारतमा बलिउड अभिनेत्री कंगना रनौटको निकै धेरै आलोचना भइरहेको छ । यहीबीच महात्मा गान्धीका पनाति तुषार गान्धीले कंगनालाई जवाफ पनि दिएका छन् ।
उनले थप्पड मार्नेलाई दोस्रो गाला दिनका लागि गान्धीलाई हेलाँ गर्नुभन्दा धेरै साहसको आवश्यकता भएको बताएका छन् ।
‘सन् १९४७ मा मिलेको स्वतन्त्रता भिख थियो,’ कंगनाले यसो भनेपछि उनको चर्को आलोचना भएको थियो ।
कंगनाले सन् १९४७ को प्रसंग उल्लेख गर्दै भारतलाई वास्तविक स्वतन्त्रता त सन् २०१४ मा मात्र मिलेको बताएकी थिइन् । यही विषयमा जवाफ दिँदै महात्मा गान्धीका पनाति तथा लेखक तुषार गान्धीले भनेका छन्, ‘आफ्नो नायकको छनोट बुद्धिमतापूर्वक गर्नुपर्छ ।’
तुषार भारतका चर्चित लेखक हुन् । उनले एउटा लेख लेखेर नै कंगनालाई जवाफ दिएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।