सर्वोच्च अदालतमा देखिएको विवाद समाधान गर्ने जिम्मा देउवालाई

पाँच दलीय गठबन्धनले सर्वोच्च अदालतमा देखिएको विवाद समाधान गर्ने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ । स्रोतका अनुसार गठबन्धनका  नेताहरूबीचको बैठकले अदालतको विवाद टुंग्याउने जिम्मा देउवालाई दिएको हो । 

केही दिनअघि एक कार्यक्रममा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार अदालतमा देखिएको विवाद छिट्टै टुंगिने बताएका थिए । 

महोत्तरीको रामगोपालपुरमा आयोजना भएको कार्यक्रममा उनले भनेका थिए, ‘आशा गरौँ, विवाद अदालतबाट नै सल्टियोस् । हामी अदालतबाटै एक/दुई दिनभित्र समस्या समाधान होस् भन्ने चाहेका छौँ ।’

बिहीबार अर्को सत्ता साझेदारी दल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पनि अदालतमा देखिएको समस्या हल गर्न प्रधानमन्त्री देउवाले पहल गर्नुपर्ने बताएका छन् । 

 ‘साझा धारणा बनाएर प्रधानमन्त्रीको हैसियतले अदालतको समाधान गर्नुपर्छ,’ नेपालले भने । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले मन्त्रिपरिषदमा भाग खोजेको समाचार बाहिरिएपछि उनले पदबाट राजीनामा दिनुपर्ने भन्दै नेपाल बार एसोसिएसनले लगातार आन्दोलन गरिरहेको छ ।

मन्त्रिपरिषदमा प्रधानन्यायाधीशले भाग खोज्नु संविधान र लोकतन्त्रको मूल्य/मान्यताविपरीत भएको भन्दै न्यायाधीशहरूले प्रधानन्यायाधीश​को राजीनामा मा गरिरहेका हुन् । 





  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार १४:३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया