पोखरामा कांग्रेस महाधिवेशनले दियो आम निर्वाचनको झल्को

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा भएको निर्वाचनमा आम निर्वाचनकै झल्को देखिएको छ । 

सोमबार सडकदेखि तिनै मतदान स्थलसम्म कांग्रेसका उम्मेदवार र समर्थकहरुले उम्मेदवारको पम्प्लेट भिरेर मतदाता तथा शुभेच्छुकले भोट मागिरहेको दृश्यले आम निर्वाचनको झल्को दिएको हो । 

उम्मेदवारहरूले पनि नमस्कार गर्दै मतदाता फकाइरहेका थिए भने भोट पनि मागिरहेका थिए । त्यसैगरी सामाजिक सञ्जाललाई पनि भोट माग्ने र प्रचार प्रसार गर्ने थलोको रुपमा भरपूर प्रयोग गरेका थिए ।  

केही उम्मेदवारहरूले भने ठूला पम्प्लेट र पोस्टर बनाएर मतदानस्थल अगाडि प्रदर्शन गरिरहेका थिए । जिल्लामा करिब ३ सय बढी उम्मेदवार विभिन्न पदका लागि प्रतिस्पर्धामा छन् । 

कास्की कांग्रेसमा केन्द्रको गुटको प्रभाव खासै नदेखिए पनि स्थानीय ‘गुट’ हाबी भएको छ । क्षेत्र नम्बर १ मा कास्कीका जिल्ला सभापति कृष्ण केसी र पूर्वसभापति तथा पूर्वमन्त्री यज्ञबहादुर थापाको छुट्टाछुट्टै प्यानल बिच प्रतिस्पर्धा रहेको छ  । 

त्यसैगरी क्षेत्र नम्बर २ मा पुराना नेता शुक्रराज शर्मा र अर्का नेता देवराज चालिसेको प्यानल छ भने क्षेत्र नम्बर ३ मा तरुण दल सभापति मनोज गुरुङ र अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुवँरको देखिने गरि प्यानल बनेको छ । 



केही उम्मेदवारहरूले भने स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् । नेतृत्वमा आउनका लागि यो अधिवेशनमा बढी आकर्षण युवाहरूको देखिएको छ । पार्टीभित्रको निर्वाचनको जस्तैगरी आमनिर्वाचन, स्थानिय र प्रदेश तहको निर्वाचनमा उत्साह देखिए कांग्रेसले कुनैपनि निर्वाचन नहार्ने कास्की कांग्रेसका नेता सोभियतबहादुर अधिकारी बताए । 

पार्टीमा देखिएको यस किसिमको आकर्षणले पार्टी अझ उन्नत र गतिशील बनाएर मुलुकलाई समुन्नतिको गन्तव्यमा लैजान महत्वपूर्ण भूमिका खेल्ने कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका भौतिक योजनामन्त्री कुमार खड्काले जनाए ।



  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार १६:४२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया