जुम्ला छाउगोठमुक्त हुँदै

खलंगा– छाउगोठमुक्त अभियानअन्तर्गत जुम्लाको १२औँ बस्तीका रूपमा तिला गाउँपालिका–५ को चुलाकोट गाउँ आज छाउगोठ मुक्त घोषणा गरिएको छ । 

यसअघि ११ बस्ती छाउगोठ मुक्त घोषणा भइसकेका छन् । गाउँपालिकाको अगुवाइमा चुलाकोट बस्तीलाई छाउगोठमुक्त घोषणा गरिएको हो । तिलाको ढिमकोट, रावतवाडा र जोडिवाडा गाउँ छाउगोठ मुक्त घोषणा भइसकेका छन् । छाउगोठमुक्त घोषणा कार्यक्रममा सरोकारवालाले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी स्थानीय जनप्रतिनिधि तथा आम गाउँवासीले महिनावारी नमान्ने प्रतिबद्धता गरेको वडाध्यक्ष कालीबहादुर बुढाले बताए । 

यस्तै, तातोपानी गाउँपालिकाको लाम्रा, श्रीनगर, हियाखोला र जैतपुर तथा पातारासी गाउँपालिका–५का माथिल्होर्प र तलिल्होर्प गाउँ समेत छाउगोठमुक्त भइसकेका छन् । हिमा गाउँपालिका–६ महावैपाथरखोला गाउँ सुरुवातमै छाउगोठ मुक्त भइसकेको बताइएको छ । 





  • प्रकाशित मिति : कात्तिक २९, २०७५ बिहीबार १८:९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया