तेह्रथुमकाे आठराई गाउँपालिकामा माओवादी केन्द्रकाे ५५ सदस्यीय कार्यसमिति चयन
फरकधार / १२ मंसिर, २०७८

नेकपा माओवादी केन्द्र आठराई गाउँपालिकाको दोस्राे पालिका सम्मेलनले नयाँ नेतृत्व सर्वसहमत रूपमा चयन गरेको छ । सम्मेलनले गणेश विमलीको अध्यक्षतामा ५५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।



त्यस्तै उपाध्यक्ष जयकुमार कन्दङवा, रमिला फुयाँल र रत्नमणि ओली चयन भएका छन् । सचिव रुद्र फोम्बो ,सहसचिव सागर थिङलाबु र कोषाध्यक्ष अन्जना पौठाक चयन भएको माओवादी केन्द्र जिल्ला समन्वय समिती तेह्रथुमका संयोजक इन्द्र इम्सङले जानकारी दिए ।

जिल्लाको ४३ वटै वडामा सर्वसहमत नेतृत्व चयन गरेको माओवादी केन्द्र तेह्रथुमले शनिबारदेखि पालिका सम्मेलन सुरु गरेको जनाएको छ ।  



  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १६:३७:८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया