मैले व्यक्तिगत ढंगले उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ : घनश्याम भुसाल

नेकपा एमालेका नेता घनश्याम भुसालले आफूले व्यक्तिगत ढंगले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नवौं अधिवेशनमा प्यानल बनाएर गल्ती गरेकोले यसपालि व्यक्तिगत ढंगले उम्मेदवारी दिएको बताएका हुन् ।

‘एकीकृत पार्टी किन फुट्यो, सरकार किन टिक्न सकेन भन्ने बहस गरेका छैनौं, त्यसकै लागि उमेदवारी हो, नवौंमा जुन प्यानल भयो त्यो गल्ती थियो मैले व्यक्तिगत ढंगले दिएको हो, लोकतन्त्रमा पार्टी कसैको कब्जामा हुँदैन,’ भुसालले भने ।

उनले आफूले चुनाव जित्ने पनि दाबी गरे ।  

‘पार्टीमा मार्क्सवाद जिउँदो छ,लोकतन्त्र छ भन्नलाई मेरो उमेदवारी हो । नेकपा एमाले जत्तिको लोकतान्त्रिक, क्रान्तिकारी पार्टीका शुभचिन्तक परिवर्तनका पक्षमा खडा छन्, त्यही भएर जित्छु,’ भुसालले भने । 





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १०:४०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया