ऋणपत्र निष्कासन गर्दै सिभिल बैंक

सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा  ‘सिभिल बैंक डिबेन्चर २०८८’ निष्कासन तथा बिक्री खुला गर्न लागेको हो ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यको तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । सोमध्ये एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । 

बाँकी एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये पाँच प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

यसमा लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम सबै इकाईका लागि आवेदन दिन सकिनेछ । यसमा लगानीकर्ताले छिटोमा २८ मंसिरसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा सबै एकाइ बिक्री नभएमा भने ९ पुससम्म खुला रहनेछ ।  





  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार ११:१७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया