चलचित्र ‘ओभरडोज’ आजबाट प्रदर्शन

नेपाली चलचित्र ‘ओभरडोज’ आजबाट प्रदर्शनमा आएको छ । 

अपराधको कथा भन्ने यो चलचित्र सुमन पौडेलले निर्देशन गरेका हुन् । चलचित्रको कथा पनि निर्देशक पौडेलले नै लेखेका हुन् ।

यो चलचित्रमा अभिनेता प्रनिशराज पन्तले शीर्ष भूमिकामा अभिनय गरेका छन् । मित्रता र धोकाबीचमा जेलिएको ‘ओभरडोज’मा प्रनिशराजसँगै सविनजंग थापा, बिना श्रेष्ठ, सदीक्षा कार्कीलगायत कलाकारले अभिनय गरेका छन् ।

दादा प्रोडक्सन हाउसको ब्यानरमा बनेको चलचित्रमा जीवनकुमार केसीले लगानी गरेका हुन् । गुच्ची भाइको छायांकन रहेको चलचित्रलाई साजन कार्कीले सम्पादन गरेका छन् ।  





  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार १२:५४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया