सम्पन्न भयाे ‘नेपाल आइओटी च्यालेन्ज, ‘फ्लोड प्रेडिक्सन सिस्टम’ प्रथम

१२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै काठमाडौंको सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्सले कोभेन्ट्री विश्वविद्यालयको सहकार्यमा सन्चालन गरेको ‘नेपाल आइओटी च्यालेन्ज’ सम्पन्न भएकाे छ ।

कार्यक्रममा आइओटीसँग सम्बन्धित विद्यार्थीले बनाएका विभिन्न परियोजनाको प्रदर्शन गरिएकाे थियाे।

अवलोकनकर्ताको भोटिङको आधारमा ‘लुसी’  टिम प्रथम भएको छ । उक्त टिमले खोलामा आउने बाढीको पूर्व सूचना दिने ‘फ्लाेड प्रेडिक्सन सिस्टम’ निर्माण गरेको थियो । 

भोटकै आधारमा टिम ‘दि डक्टर्स फोर्टिसिक्स’ दोस्राे भएको छ । उक्त टिमले बाइक दुर्घटनाको सूचना सम्बन्धित व्यक्तिलाई पुर्‍याउने ‘एक्सिडेन्ट अलर्ट भेहिकल’ बनाएका थिए।

त्यस्तै टिम ‘म्याट्रिक्स’  तेस्रो भएको छ । औषधि पसलको सम्भावना नभएका ठाउँमा पनि सजिलै राख्ने सकिने र आपत पर्दा आवश्यक औषधि निकाल्न सकिने ‘इमर्जेन्सी मेडिकल भेन्डिङ मेसिन’ ले म्याट्रिक्स टिमलाई पुरस्कार दिलाएको हो ।

विजेताले क्रमशः पचास हजार, तीस हजार र बीस हजार रुपैयाँ तथा प्रमाणपत्र प्राप्त गरेको कलेज प्रमुख प्रमोद पौडेलले बताए ।



प्रदर्शनीमा विद्यार्थीहरूले बनाएका  ड्रोन, विद्युतीय सवारी, अटोनोमस सवारी, ट्राफिक म्यानेजमेन्ट सिस्टम, फ्लड डिटेक्सन, स्मार्ट सेक्युरिटी, फायर कन्ट्रोल रोबोट लगायतका परियोजना राखिएको थियो ।

नि:शुल्क प्रवेश रहेको प्रदर्शनी सफ्टवेरिका कलेजको प्रांगण डिल्लीबजारमा आयोजना गरिएको थियो । 



कार्यक्रममा विद्यार्थीहरू पाँच जनाको समूह बनाएर सहभागी भएका थिए । दर्ता भएका समूहहरूलाई कलेजले गरेको १० दिने निशुल्क बुटक्याम्पमा आइओटी प्रशिक्षण दिएको थियो ।

प्रशिक्षण सकिएपछि विद्यार्थी समूहले बनाएको आइओटी प्रोजेक्टको प्रदर्शनी आयोजना गरिएको थियो । यसरी प्रदर्शनीमा राखिएका प्रोजेक्टहरूमध्ये अवलोकनकर्ताको भोटको आधारमा तीन उत्कृष्टलाई नगद पुरस्कार दिइएको पौडेलले बताए । 

तीन हजार जनाले प्रदर्शनी अवलोकन गरेको जनाइएकाे छ ।
 

  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार १२:१०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया