काठमाडौंमा ‘सहरी सौन्दर्य प्रवर्द्धन सघाउ कार्यक्रम’

काठमाडौं– काठमाडौं महानगरपालिकाले आज (शनिबार) बाट सहरी सौन्दर्य प्रवर्द्धन सघाउ कार्यक्रम सुरु गरेको छ ।

महानगरले २९ कात्तिकमा सहरी व्यवस्थापनमा काम गर्ने विकास साझेदारलाई बोलाएर सौन्दर्यीकरण प्रवर्द्धनमा सहयोग गर्न आग्रह गरेको थियो । त्यसैबमोजिम आजबाट सडकछेउ नालीका अनावश्यक र्याम्प हटाउने, नालीमा रहेको फोहोर माटो निकाल्ने र जेट मेसिनको प्रयोग गरेर सफा गर्ने काम सुरु गरेको हो ।  

रत्नपार्कबाट सुरु भएको सडक सरसफाइ बागबजार, डिल्लीबजार, मैतीदेवी, पुरानो बानेश्वर, भीमसेनगोला हुँदै सिनामंगलसम्म पुगेको छ । 

‘सहरी सौन्दर्य प्रवर्द्धन सघाउ कार्यक्रम’मा काठमाडौं महानगरपालिका, प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल दूरसञ्चार प्राधिकरण, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय, नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी र सडक विभागको सहभागिता छ । 

यसअघि, महानगर एक्लैले सरसफाइको काम गर्दै आएको थियो ।
 
सडक सरसफाइसँगै महानगरपालिका क्षेत्रभित्र हरियाली प्रवर्द्धन गर्न, अव्यवस्थित केबल, विद्युत्का तार तथा पोल, खानेपानीका पाइप, डेब्रिज, सडकको ढल तथा सतही ढलको व्यवस्थापन, सडक मर्मत तथा मार्किङजस्ता काम गर्दा महानगरलाई सूचना दिएर मात्र गर्नुपर्ने विषयमा सरोकारवाला निकाय सहमत भएको महानगरले बताएको छ । 





  • प्रकाशित मिति : मंसिर ८, २०७५ शनिबार ११:२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया