प्रसिद्ध उपन्यास ‘एक चिहान’ को मञ्चन [तस्बिरहरू]

कक्षा १२ को पाठ्यक्रममा समावेश गरिएको प्रसिद्ध उपन्यास ‘एक चिहान’को मञ्चन गरिएको छ ।

सांस्कृतिक संस्थानले विभिन्न तहका पाठ्यक्रममा समावेश भएको कृतिलाई नाटक मञ्चन गरेर विद्यालय शिक्षालाई फरक ढंगले सहयोग गर्न सो उपन्यासलाई नाट्यमा रूपान्तरण गरी मञ्चन गरिएको हो । 

काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबारबाट सो नाटकको मञ्चन सुरु गरिएको छ । वरिष्ठ साहित्यकार हृदयचन्द्र सिंह प्रधानद्वारा लिखित उपन्यास तत्कालीन समयमा नेपाल खाल्डो अर्थात् काठमाडौं उपत्यकाको नेवारी किसानको जीवन परिवेशमा आधारित छ । सामाजिक जागरण र प्रगतिशील विचारहरु यस उपन्यासमा रहेका छन । सांस्कृतिक संस्थानका वरिष्ठ कलाकारको अभिनय रहेको नाटकलाई कलाकार वीरेन्द्र हमालले निर्देशन गरेका छन् ।

२०१०/११ सालको काठमाडौं उपत्यका भित्रका नेवार किसान परिवारमा केन्द्रित रहेको सो नाटकमा जातीय विभेद, वर्गीय विभेद, अन्धविश्वासबारे देखाइएको छ । नाटकको अन्त्यमा त्यही समाज आर्दश उन्मुख रहेको देखाइएको छ । 

अन्त्य दुःखान्त भए पनि विचारले समाज सुधार र रुपान्तरणमा भूमिका खेल्न सक्छ भन्ने सन्देश यस नाटकमा देखाउन खोजिएको छ । प्रस्तुत छ राष्ट्रिय नाचघरको हलमा शनिबार मञ्चन गरिएको यस नाटकको मुख्य दृष्यहरू, 





  • प्रकाशित मिति : पुस ३, २०७८ शनिबार १४:२९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया