सप्तरंग साँझको गण्डकी संस्करण आज हुँदै

मुलुकका सातवटै प्रदेशमा आयोजना हुनेगरी सुरु भएको सप्तरंग साँझको गण्डकी संस्करण आज शुक्रबार हुँदैछ ।

पोखराको अमरसिंह मैदानमा हुने कार्यक्रममा आधा दर्जनभन्दा बढी ख्यातिप्राप्त कलाकारले प्रस्तुति दिनेछन् । 'समुदाय-प्रहरी साझेदारी कार्यक्रम'सँगको सहकार्यमा भइरहेको उक्त कार्यक्रमको तयारी पूरा भएको आयोजक ग्रिष्मा ब्रोडकास्टिङले जनाएको छ ।

२४ मंसिरदेखि देशका सातैवटा प्रदेशमा गर्ने गरी सुरु गरिएको यस कार्यक्रम पोखरामा सकिने आयोजक संस्थाका प्रमुख गृहेन्द्र घिमिरेले जानकारी दिए ।

सप्तरंगमा अभिनेता राजेश हमाल, गायक रामकृष्ण ढकाल, रामकृष्ण ढकाल, प्रमोद खरेल, बद्री पंगेनी, मिलन नेवार, अनिल सिंह, अस्मिता अधिकारी, सन्दीप क्षेत्री लगायत उपस्थित छन्। 

कार्यक्रमको स्थानीय आयोजक पोखराकै बार्दली मिडिया छ । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री लगायत अन्य मन्त्रीहरू, पोखरा महानगर कार्यवाहक प्रमुख, प्रदेश प्रहरी प्रमुख लगायतको सहभागिता रहनेछ । यो कार्यक्रमले समुदायमा प्रहरीको प्रभावकारीताबारे थप ज्ञान दिने छ ।
 





  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार ९:५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया