एलआईसी नेपालले गर्‍याे २१.०५ प्रतिशत लाभांश प्रस्ताव

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित नाफाबाट लाभांश प्रस्ताव गरेको छ । 

कम्पनीको ८ पुसमा बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव ०५ प्रतिशत गरी कुल २१ दशमलव ०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

यसअनुसार कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित नाफाबाट चुक्ता पुँजी दुई अर्ब २१ करोड १० लाख रुपैयाँको लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश बीमा समितिको स्वीकृति तथा आगामी साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीले पाउनेछन् ।





  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार १४:५५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया