गृहमन्त्री खाँडले भेटे एसएसपी यादवका परिवारलाई

गृहमन्त्री बालकृष्ण खाणले संघीय इकाइ प्रहरी कार्यालय भैरहवाकाे निवासमै मृत अवस्थामा फेला परेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादवका परिवारसँग भेटघाट गरेका छन् । 

शुक्रबार साझ घटनास्थलमा पुगेर गृहमन्त्री खाणले एसएसपी यादवका परिवारसँग भेट गरि घटनाबारे जानकारी लिएका हुन् । एसएसपी यादवकाे शव बिहान ११ बजेतिर झुण्डिएको अवस्थामा निवासमै भेटिएकाे थियाे ।

गृहमन्त्री खाणले उनको मृत्युको कारण खाेज्न प्रहरीलाई निर्देशनसमेत दिए । प्रहरी प्रवक्ता वसन्त कुवरले घटनाकाे कारण नखुलेको र अनुसन्धान भइरहेकाे जानकारी दिए ।





  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार २१:१९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया