माओवादीको पार्टी जीवनमा गम्भीर समस्या र सांस्कृतिक विचलन देखिएको छ : नारायणकाजी श्रेष्ठ

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी जीवनमा गम्भीर समस्या देखिएको बताएका छन् । 

माओवादीको आठौं महाधिवेशनको बन्दसत्रपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रेष्ठले यस्ताे बताएका हुन् ।

उनले भने, ‘पार्टी जीवनमा गम्भीर समस्या छन् । व्यक्तिवाद, गुटवाद र आर्थिक स्पष्टीकरण जस्ता समस्या देखिएको छ । अराजकता, सांस्कृतिक विचलन देखापरेको छ । वैचारिक र सांस्कृतिक रूपमा पार्टीलाई अर्को ठाउँमा पुर्याउ यथास्थितिवादसँग सम्बन्ध विच्छेद गर्नुपर्छ भन्ने अध्यक्षले जुन राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ, त्यो वैचारिक मन्थन गरेपछि मात्र सम्भव छ ।’ 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमा क्रान्तिकारी विचारको विकास गर्ने, पुँजीवादको विकासलाई माक्र्सवादसँग जोड्ने, विज्ञान र प्रविधिमा भएको विकास र जलवायु र वातावरणको विकासलाई मार्क्सवादसँग जोड्ने किसिमले आएको भन्दै उनले प्रतिवेदनबाट निस्केको विचारपछि पार्टी सशक्त हुने बताए ।





  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार १६:५७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया