प्रचण्डको प्रतिवेदन : १०० धनकुवेरले चाहे विश्व नै खरिद गर्न सक्छन् (पूर्णपाठ)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १०० जना धन कुवेरहरूले चाहेमा विश्व नै खरिद गर्नसक्ने बताएका छन् । पार्टीको जारी आठौं महाधिवेशनमा प्रतिवेदन पेस गर्दै उनले सो कुरा उल्लेख गरेका हुन् ।

प्रचण्डले अन्तरविरोध इतिहासकै सबैभन्दा बढी वर्गीय विकराल अवस्थामा रहेको पनि बताएका छन् । 

‘प्रचण्डले विश्वका १०० जना धन कुवेरहरू मिलेर खरिद गर्न चाहेमा विश्व नै खरिद गर्न सक्ने भयावह स्थिति बनेको उल्लेख गरेका छन्,’ उनको प्रतिवेदनमा भनिएको छ, ‘संसारको कुल जनसंख्याको झण्डै ७० प्रतिशत जनता अल्प विकसित र विकासशील देशहरुमा रहेका छन् । जसको साथमा संसारको कुल सम्पत्तिको १५ प्रतिशत मात्र रहेको छ । झण्डै ८५ प्रतिशत सम्पत्ति २५ प्रतिशत जनसंख्या रहेका धनी देशहरूमा केन्द्रित छ । त्यो सम्पत्तिको अत्यन्त ठुलो हिस्सा तिनै धनी देशका सीमित धनाढ्यहरूको कब्जामा रहेको छ ।’

त्यस्तै, प्रचण्डले छोटो समयमा अकुत सम्पत्ति आर्जन गर्न नै शेयर बजार, धितोपत्र खरिदबिक्री तथा घरजग्गा किनबेचमा लगानी हुने उल्लेख गरेका छन् ।

‘उत्पादनमूलक क्षेत्रबाट वित्त क्षेत्रमा पुँजी पलायन हुनाले समाजमा बेरोजगारीका साथै विभिन्न प्रकारका संकट उत्पन्न भएका छन् । वित्त क्षेत्रमा पुँजी पलायन हुनुको मुख्य कारण पुँजीपतिहरूको छोटो समयमा धेरैभन्दा धेरै नाफा कमाउने अतृप्त भोक नै हो,’ उनले प्रतिवेदनमा भनेका छन् ।

छलफलबिना प्रचण्डपथ छोड्नु गल्ती भएकोदेखि अब स्थापित गर्न खोज्नु पश्चगामी भएकोसम्म प्रचण्डको प्रतिवेदनमा उल्लेख छ । 



यस्तो छ प्रतिवेदनको पूर्णपाठ




  • प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार ८:४१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया