मेरो प्रतिवेदन कुनै धर्मशास्त्र होइन, ग्रेट डिबेट हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रतिवेदन कुनै धर्मशास्त्र नभएको भन्दै ग्रेट डिबेट भएको दाबी गरेका छन् । प्रचण्डले आठौं महाधिवेशनमा पेस गरेको राजनीतिक दस्तावेजमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा यस्तो भनेका हुन् । 

उनले दस्तावेजमाथि उठेका प्रश्नहरूको जवाफका क्रममा भनेका छन्, ‘यो प्रतिवेदन धर्मशास्त्र होइन, ग्रेड डिबेट हो । क्रान्तिकारी विचार विकास गर्ने ऐतिहासिक पहल हो ।’

आफूहरू जादुगर नभएको र विज्ञानमा विश्वास गर्ने कम्युनिस्ट भएको भन्दै उनले भनेका छन्,‘मार्क्सलाई भेटेर, बहस गरेर मार्क्सवाद बुझेको होइन, किताब पढेर बुझेको हो ।’

माओवादी केन्द्रका नेता युवराज दुलालले प्रचण्डको भनाइ उदृत गर्दै भनेका छन्, ‘वैज्ञानिकसँग छलफल गरेर हामीले विज्ञान बुझेका होइनौं । किताब पढेर र व्यवहारमा लागू गरेर बुझेका हौं । विचारको विकास गर्न अझ धेरै अध्ययन, बहस, चिन्तन, मनन र व्यावहारिक प्रयोग गर्न पुगेको छैन ।’

चुनावलगत्तै विशेष महाधिवेशन गरेर विचारको विकासलाई सापेक्षित पूर्णता दिनुपर्ने प्रचण्डको भनाइ छ । 

प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि विभिन्न २५ वटा समूहमा समूहगत छलफल भएको थियो । लगत्तै, आजको बन्दसत्रमा प्रचण्डले त्यसको जवाफ दिएका हुन् । 



उनले संशोधन गरेर मात्र एमसिसी संसदबाट पारित हुने जानकारी गराएका छन् । उनले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै भनेका छन्, ‘दस्तावेजमा जे लेखिएको छ, एमसीसीबारे लाइन त्यहीँ हो ।’



  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार १६:५८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया