भ्रष्टाचारमा नेता र कर्मचारीको मिलोमतो छ : कांग्रेस उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेता र कर्मचारीको मिलोमतोमा भ्रष्टाचार हुने गरेको बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन स्याङ्जाको आठौँ अधिवेशनको शनिबार उद्घाटन गर्दै उपसभापति गुरुङले कमिसनको खेलमा केही कर्मचारी र नेता मिल्ने गरेको बताएका हुन् । 

भ्रष्टाचारमा नेताको मात्रै हात नरहेको दाबी गर्दै उनले भने, ‘के भए गरेका भ्रष्टाचारका काण्ड नेताले मात्र गरेका हुन् ?’ हजुर हजुर भन्दै केही ठूला कर्मचारीले नै नेता फसाउने गर्छन् ।’ 

नेताको खराब आचरणका कारण देश बिग्रने भन्दै उनले भने, ‘एउटा इन्जिनियरले खराब आचरण गर्दा सडक तथा पुल मात्र बिग्रन्छ, तर एक नेताको खराब आचरणले सिंगो मुलुक बर्बादीतर्फ धकेलिन्छ ।’
 
वाइडबडी, प्रिन्टिङ प्रेस खरिद, ओम्नी, ललिता निवास, आयल निगम जग्गा प्रकरणलगायतमा करोडौँ भ्रष्टाचार भएको भन्दै उनले भ्रष्टाचार काण्डको अब खोजी हुन जरुरी रहेको बताए । 

नेताहरु सुखसयलमा रमाउन थालेकाले मुलुकको विकास हुन नसकेको भन्दै उनले भने, ‘अब, नेता र केही कर्मचारी सुध्रनुपर्छ । विधिको शासनमा चल्नुपर्छ, तब मात्र मुलुकले गति लिन्छ ।’ 

आइतबार सम्पन्न हुने अधिवेशनले १७ सदस्यीय जिल्ला कार्यसमिति र ५ सदस्यीय केन्द्रीय प्रतिनिधि चयन गर्नेछ । 





  • प्रकाशित मिति : पुस १७, २०७८ शनिबार १८:२७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया