माओवादीको नवनिर्वाचित केन्द्रीय समितिको बैठक बस्दै, पदाधिकारीको टुंगो लगाउने

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको प्रथम बैठक आज बस्दैछ । पार्टी प्रचारप्रसार उपसमितिका अनुसार बैठक अपरान्ह ३ बजे सानेपास्थित हेरिटेज प्लाजामा बस्न लागेको हो । 

बैठकले पदाधिकारी चयन गर्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । आइतबार अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बन्दसत्रमा पेस गरेका २३७ जना केन्द्रीय कमिटी सदस्य निर्वाचित भएका छन् । 

आजको केन्द्रीय कमिटी बैठकले अध्यक्षसहित १५ जना पदाधिकारीको टुंगो लगाउनेछ । बैठक पार्टी विधानअनुसार ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने बताइएको छ । 





  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार ६:५१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया