सुदूरपश्चिम प्रदेशका भाैतिक पूर्वाधारमन्त्रीका छोरा सवारी ज्यान मुद्दामा पक्राउ

गाडीको ठक्करबाट वृद्धाको मृत्यु भएपछि कैलाली प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

२ पुसमा टीकापुरमा बागमती प्र. ०१०२५ च ६६५५ नम्बरको गाडीको ठक्करबाट घाइते भएकी पैदल यात्री ९५ वर्षीया दुर्गादेवी न्यौपानेको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले २३ वर्षीय बबी सोडारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने बबी सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीका छोरा पनि हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका (डिएसपी) वेदप्रकाश जोशीका अनुसार अनुसन्धानका लागि बबीलाई पक्राउ गरिएको हो ।

न्यौपानेको उपचारका क्रममा नेपालगञ्जस्थित एक अस्पतालमा ११ पुसमा मृत्यु भएको थियो । 





  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १२:३९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया