आठौं महाधिवेशनपछिको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको होटल हेरिटेज प्लाजामा केन्द्रीय कमिटी बैठक सुरु भएको हो ।

यो बैठक माओवादी महाधिवेशनपछिको पहिलो बैठक हो । बैठक सुरु हुनुअघि केन्द्रीय कमिटीका सदस्यहरूले सपथ ग्रहण गरेका छन् ।

आइतबार सातौं दिनको बन्दसत्रमा अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए । माओवादी केन्द्रको निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले केन्द्रीय सदस्यहरूलाई सपथ खुवाएका हुन् । अध्यक्ष प्रचण्डले पनि केन्द्रीय सदस्यको सपथ खाएका हुन् ।

आजको केन्द्रीय कमिटीको बैठकमा पदाधिकारीको नाम टुंगो लगाउने बताइएको छ । पदाधिकारीमध्ये अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डको विकल्पमा कोही देखिएका छैनन् ।

अध्यक्षपछिको महत्वपूर्ण मानिने महासचिव पदका लागि नेताहरूबीच रस्साकस्सी भएको थियो । जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाललगायतले महासचिवका लागि दाबी गरेका छन् ।





  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १६:३३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया