माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माओवादी केन्द्रको अध्यक्ष निर्वाचित भएका छन् । उनलाई केन्द्रीय कमिटीको बैठकले केन्द्रीय अध्यक्षमा निर्वाचित गरेको हो । 

उनलाई उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र प्रवक्ता कृष्णबहादुर महराले अध्यक्षको रूपमा प्रस्ताव गरेका थिए । केन्द्रीय कमिटीको हलले उनलाई निर्विरोध निर्वाचित गरेको हो ।

अहिले अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गरिरहेका छन् । 

निरन्तर ०४४ सालदेखि माओवादीको नेतृत्व गरिरहेका प्रचण्ड कम्तीमा अबको पाँच वर्षका लागि केन्द्रीय अध्यक्ष बनेका हुन् ।

‘फेरि पनि सक्रिय नेतृत्वको भूमिकामा रहिरहँदा कहिलेकाहीँ लाग्छ मैले त अब अलिकति भिन्न भूमिकामा जानपर्ने बेला आएन र भन्ने पनि मलाइ लाग्छ’, पहिलो केन्द्रीय कमिटीलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘देशको राजनीतिक परिस्थिति हेर्दा, हाम्रो पार्टीको रूपान्तरणको ऐतिहासिक आवश्यकतालाई हेर्दा राजनीति देशको लागि बिन्दुमा लैजाने आवश्यकता, विकास र समृद्धिको प्रक्रियामा लाने आवश्यकतालाई हेर्दा मैले केही समय दुखै गर्नुपर्छ, मिहिनेत नै गर्नुपर्छ भन्ने बाध्यता रहेको महसुस मलाई लागिरहेको छ ।’





  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १७:८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया